मनिषा कोइरालाको सम्मानमा रात्रीभोज

भर्जिनिया,आसार १
बलिउडकि सुपर स्टार मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिख ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजको आयोजना गरिने भएको छ। सम्मेलन मुख्य संयोजक हेमन्त श्रेष्ठलेका अनुसार ​ बलिउडकी कलाकार मनिषा कोइराला आउने निश्चित भइसकेकोले उनीसँग बसेर ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजन गर्न पाईने भएको छ।


साथै उनले इच्कछुक सम्पूर्ण प्रसंशकहरुलाई सहभागीका लागिआग्रह गरेका छन् l

जुलाई ५ तारिखको दिन साँझ ८ देखि १० बजे तय गरिएको छ भने सरिक हुन् चाहना राख्नेको लागि एकलको १५०. डलर तथा जोडीले २०० डलर अर्च गर्नुपर्ने भएको छ।

जुलाई ६ तारिखको दिन ५ देखि ७ बजे तय गरिएको छ भने उक्त रात्री भोजको लागि एकलको लागि १०० डलर तथा जोडीको लागि ​१५० डलर ​राखिएको जनाईएको छ l ​ उक्त रात्री भोज ३२ औ ए एन ए डिसी सम्मेलन हुने भर्जिनियाको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने छ l​ ​ ​

३२ औ ए एन ए सम्मेलनमा दुई दिन नै ​मनिषा​ कोइरालासँग रात्री भोज राख्नु पर्ने सवालमा दुवै दिन निश्चित ​(सिट​)​​स्थान भएकोले आरक्षण गर्न र यो अवसर गुमाएकाहरुको लागि दोश्रो दिनको समयको साईत जुराईएको श्रेष्ठले जनाए l

​यसको लागि अग्रिम रुपमा रात्री भोजको टिकट खरिद गर्नको लागि चाजो मिलाई सकिएको र यसको लागि ३२ औ ए एन ए सम्मेलन आधिकारिक संजालबाट (anadcconvention2014.org )बाट किन्न सकिने उल्लेख गरिएको छ l
via setopati

0 comments

Write Down Your Responses