लागिन् ओरालो अञ्जु पन्त !

काठमाण्डु – नेपाली सुगम संगीतमा एउटा सफल नाम बन्यो अञ्जु पन्त ।
झण्डै दश बर्षदेखि अञ्जुले एकछत्र राज गरिन् सुगम संगीतमा । ‘नबिर्से तिमीलाई , नपाए तिमीलाई..’बोलको गीतबाट चर्चामा आएकी थिइन अञ्जु पन्त ।
त्यसपछि अञ्जुको भाग्य चम्कियो । उनले गाएका धेरै गीतले पटक पटक बाजी मारे । आधुनिक र चलचित्रका लागि व्यस्त बनिन् अञ्जु ।
पूर्ण व्यवसायिक स्वर, बजारमा नयाँ स्वाद थियो उनको स्वरमा
। तर पछिल्लो समयमा उनको स्वरमा आएको समस्या र चर्को पारिश्रमिकका कारण अञ्जुलाई समस्या पर्न थालेको छ ।
त्यसैले हिजोआज स्टुडियोतिर भन्दा पनि स्टेजतिर बल गर्छिन अञ्जु पन्त । जमलको मालश्री रेकर्डिङ्ग स्टुडियोका व्यवस्थापक राम भण्डारीका अनुसार पहिला नियमित गाउने ‘टेक’ पथ्र्यो तर अहिले निक्कै पातलो छ ।
भण्डारी भन्छन् ‘ पहिला जस्तो चाप अहिले छैन, फाट्टफुट्ट छ, रेकर्डिङ्ग गर्दा पनि पहिले जस्तो सजिलै गाउने अवस्था छैन् ।’ पछिल्लो पटक एउटा गीत रेकर्ड गर्दा करिव एक घण्टा लागेको उनी सुनाउँछन् ।
अञ्जु पन्तले गीत गाएको पारिश्रमिक समेत बढाएकी छन् । त्यसैले उनको माग पनि पातलिएको हो । दैनिक तीन वटासम्म गीत गाउने अञ्जुलाई अहिले मूश्किलले एउटा हात लाग्न थालेको छ । उनले एउटा गीत गाएको २० हजारसम्म लिने गरेकी छन् ।
संगीतकार बसन्त सापकोटा उनको माग पहिला भन्दा कम भएको बताउँछन् । सापकोटाका अनुसार स्वरको स्वाद फरक हुँदै गएकाले अरु गायिकाको माग बढेको छ ।
Anju-Pantaमिलन अमात्य र रजिना रिमाल अञ्जुको विकल्पको रुपमा देखिन थालेका छन् । यी दुई मध्ये बढी रोजाईमा मिलन अमात्य परेको बसन्त बताउँछन् ।
लोकगीतबाट आधुनिकतिर लागेका धेरै संगीतकर्मीको रोजाईमा पर्ने गरेकी थिइन पन्त । तर अहिले उनीहरुले पनि उनको बिकल्पको खोजी स्वरुप नयाँ नयाँ प्रतिभालाई अवसर दिन थालेका छन् ।
संगीतकार तथा रेकर्डिष्ट हेमन्त शिशिरले अञ्जुको माग पहिला भन्दा कम भएको सुनाउँछन् । शिशिर थप्छन् ‘दिदीको स्वर नराम्रो हैन, उनका छुट्टै फ्यान छन, कलाकारको उचाई सधै एउटै रेसियोमा जादैन । ’
मास्टर भ्वाइस रेकर्डिङ्ग स्टुडियोका समेत रेकर्डिष्ट रहेका शिशिरले पनि अञ्जुको बिकल्पमा अरु आउन थालेका स्वीकार गर्छन् । केही समय विरामी भएपछि अञ्जुको स्वरमा ठूलै समस्या देखिएको थियो ।
गीतकार तथा संगीतकार राजकुमार बगर भन्छन् ‘ पारिश्रमिक महँगो भएपछि पनि गीत गाउनमा कमी भएको छ, बीचमा बिरामी भएका कारण रेकर्डिङ्गमा पनि समस्या भएको थियो ।’
सिआरविटीको उत्कृष्ट २० नम्बरमा जम्मा एउटा गीत छ अहिले अञ्जु पन्तको । पहिले भने २० मा १५ वटा गीत उनैका हुन्थे । यसले पनि अञ्जुले गाएकी गीत चल्न छाडे भन्ने प्रमाणित गरेको छ ।
उनले गाएका गीतमा सुरको समस्या मात्रै नभई गीतले मागेको ‘रेञ्ज’सम्म स्वर नपुग्ने ठूलो समस्या हो । तर अञ्जु भने यो स्वीकार गर्दिनन् । अञ्जु भन्छिन् ‘ स्वरमा सुधार आको छ , अहिले समस्या छैन । ’ स्टेज कार्यक्रममा व्यस्त हुँदा स्टुडियोमा समय दिन नसकेको उनको तर्क छ ।
उनले भनिन् ‘गीत रेकर्डिङ्ग भईरहेको छ, केही दिन भित्रै तीन वटा गीत गाउँदै छु ।’
अञ्जुलाई धेरै गीत गाउन दिने संगीतकार दीपक शर्मा अञ्जुको बिकल्पमा धेरै उदाएको बताउँछन् । शर्माले भने‘ पहिला भन्दा स्वरमा सुधार आएको छ, उनको जत्तिको स्वर भेटिदैन । ’

,

0 comments

Write Down Your Responses