निर्देशक शिव बिक माथी बलात्कारको आरोप

नेपाली म्युजिक भिडियोका चर्चित निर्देशक तथा कोरियोग्राफर शिव बि क माथी यौन दुराचारको गम्भीर आरोप लागेको छ । आफुलाई मोडल भनेर चिनाउने एक युवतीले बिकमाथी यस्तो आरोप लागएकी हुन । युवतीका अनुसार म्युजिक भिडियोको लागी फोटोसुट गर्न पुतलीसडकस्थित बिकको अफिस गएको बेला बिकले बलात्कारको प्रयास गरेको हो ।  बिकले चियामा लठ्ठिने औषधी मिसाएर आफुलाई जबरजस्ती गर्ने मनसाय राखेको युवतीको भनाई छ ।  तर उक्त चिया आफुले नखाएको पनि युवतीले बताइन । उक्त चिया पछि बिक स्वयमले खाएको र लठ्ठिएर आफुलाई जबरजस्ती गर्न खोजेको उनको दाबी छ । आफुले प्रतिकार गर्दै घटना सार्वजनिक गर्ने चेतावनी मोबाइलको म्यासेजमार्फत दिएको पनि युवतीले बताइन । नाम ठेगाना गोप्य राखिएको उक्त युवतीले एक अनलाइन पत्रिकासंग बोल्दै यो घटनाको खुलासा गरेकी हुन । यता निर्देशक बिक ले भने यो सुनियोजित षड्यन्त्र भएको दाबी गरे । एउटा दलित युवाको प्रगति देख्न नसकेर यस्तो षड्यन्त्र भइरहेको उनको भनाई थियो । आफुले अहिलेसम्म कुनै नारी प्रति यस्तो दुश्कर्म नगरेको बताउदै उक्त युवतीको फोटोसुट गरेर पठाएको बताए । फोटोसुट पछि पनि यस्तो षड्यन्त्र भइरहेकाले उनले आफु मर्माहात भएकोमा न्यायको लागी प्रशासनमा जाने बताए । निर्देशक बिसी बिगत दुइ दशक देखि कलाक्षेत्रमा सक्रिय छन । उता उक्त युवतीले पनि केहि म्युजिक भिडियोमा काम गरिसकेको बताइन्छ । (नेपाली कलामा प्रकाशित सामग्रीका आधारमा ।)

0 comments

Write Down Your Responses